Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, एक घाइते

वीरगञ्ज (पर्सा), जेठ ३० गते। वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकको सीताराम चोकमा आज बिहान सवारी दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, सिरसियाबाट ड्राइपोर्टतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल सडकमा बिग्रिएर रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्रक (एचआर ५५ के ३९७१) सँग ठोक्किएको थियो।

ठक्करका कारण मोटरसाइकलमा सवार तीनमध्ये २३ वर्षीय रामाकान्त यादव र विजय यादवको उपचारका क्रममा मृत्यु भएको छ। घाइते भएका २२ वर्षीय विजयकुमार यादवको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना आज बिहान ५ बजे भएको हो। प्रहरीका अनुसार, ट्रक सडकमै बिग्रिएर रोकिराखिएको अवस्थामा मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom