अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्व इन्जिनियर (उपनिर्देशक) रामबाबु महतो कोइरी विरुद्ध ४ करोड ५५ लाख ९० हजार ४०३ रुपैयाँ ८८ पैसा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार कोइरीले आफ्नो ३२ वर्षे सेवाकालमा पदको दुरुपयोग गरी स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरेका छन्। धनुषा, क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नकटाझिज–६) स्थायी बासिन्दा कोइरी हाल काठमाडौं महानगरपालिका–४, चण्डोल बस्दै आएका छन्।
अकुत सम्पत्तिको प्रमाण
लामो समयदेखि महानगर सेवामा
कोइरीले २०४६ वैशाख १९ गतेदेखि २०७८ फागुन ३० गतेसम्म काठमाडौं महानगरपालिकामा विभिन्न पद सम्हालेका थिए। सो अवधिभर उनले पदीय मर्यादा विपरीत गैरकानुनी ढंगबाट सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले अदालतमा बिगो मागदाबी सहितको मुद्दा दर्ता गरिएको जानकारी दिनुभएको छ।
👉 ब्राइटर खबरका लागि – विशेष समाचार