Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

डलर साट्ने भन्दै कागजको बिट्टा नोट बनाएर दिएर ठगी गर्ने एक युवक प्रहरीको नियन्त्रणमा


जेठ २७ गते । डलर साट्ने भन्दै कागजको बिट्टा नोट बनाएर दिएर ठगी गर्ने धनबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौँ उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाउँमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नपा ३ धार्पा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नपा ५ जोरपाटी बस्ने २८ वर्षीय तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रहरीले उनलाई बुढानीलकण्ठ नपा ११ कपनबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom