Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको फेवातालमा दुई प्याराग्लाइडिङ दुर्घटनाग्रस्त, चार जनाको उद्धार


जेठ २८, पोखरा । पोखराको फेवाताल क्षेत्रमा दुई वटा प्याराग्लाइडिङ ल्याण्डिङ्ग गर्ने क्रममा अनियन्त्रित भई तालमा खस्दा चार जनाको सकुशल उद्धार गरिएको छ।

पोखरा महानगरपालिका–१८ तोरेपानी क्षेत्रबाट उडेका दुई वटा प्याराग्लाइडिङ फेवातालको बीच भागमा दुर्घटनाग्रस्त भएका हुन्। दिउँसो करिब ३ बजे भएको घटनापछि तत्कालै सशस्त्र प्रहरी बलको टोली परिचालन भई यात्रु तथा पाइलटहरूको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो।

उद्धार गरिएका चार जनामा भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दन कुमार पटेल, तथा अग्नि प्याराग्लाइडिङ्गका पाइलट ३० वर्षीय मिलन शाह र २८ वर्षीय विश्वास अधिकारी रहेका छन्।

सशस्त्र प्रहरी बलले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक जानकारी अनुसार, ल्याण्डिङ्गका क्रममा प्याराग्लाइडिङ्ग अनियन्त्रित भई सिधै फेवातालमा खसेको हो।

फेवाताल क्षेत्र प्याराग्लाइडिङका लागि विश्व प्रसिद्ध गन्तव्य स्थलमध्ये एक हो। यस प्रकारका घटनाले सुरक्षा र पर्यटकीय व्यवस्थापनप्रति गम्भीर ध्यान दिनुपर्ने देखाएको स्थानीय पर्यटक व्यवसायीहरू बताउँछन्।

Top Post Ad

post bottom ads

Ads Bottom