Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कञ्चनपुरमा प्रहरी असईमाथि कुटपिट : तीन जना पक्राउ




जेठ २८, कञ्चनपुर । जिल्लाको बेलौरी नगरपालिका–८ स्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्दमाथि कुटपिट गरेको आरोपमा तीन जना स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको छ।

जेठ २१ गते दिउँसो असई चन्दमाथि स्थानीय १०–१५ जनाको समूहले आक्रमण गरेको भिडियो मंगलबार मात्रै सार्वजनिक भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी सागर बोहराका अनुसार, असई चन्दमाथि कुटपिट गरेको अभियोगमा बेलौरी नगरपालिका–८ का राहुल राना, कलीराम चौधरीदुम्ली चौधरीलाई पक्राउ गरिएको हो। उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी बोहराले जानकारी दिनुभयो।

मल खाद ल्याउन खोज्दा झडप

भारतबाट लुकाइछिपाई मल खाद ल्याउने प्रयास भइरहेका बेला प्रहरी रोक्न पुगेपछि विवाद सुरु भएको थियो। घटनास्थलका स्थानीय पदम रानाका अनुसार, रोपाइँ नजिकिँदै गर्दा किसानहरूले भारतबाट मल ल्याउने परम्परा कायम रहेकाले रोक्दा तनाव सृजना भएको हो।

प्रहरीले सम्झाउने प्रयास गर्दा समूहले असई चन्दमाथि हातपात गरेको र लछारपछार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको जानकारी दिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom