Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा दुई महिनामा १८ वटा चोरीका घटना, ३० जना पक्राउ


चितवन, असार ९ गते । चितवन जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा १८ वटा चोरीका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गरी सो घटनासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार चालु आर्थिक वर्षको वैशाखदेखि असारको पहिलो सातासम्म चोरीका १८ वटा मुद्दा दर्ता भएका छन् । यिनै घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा हालसम्म ३० जना व्यक्तिलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये २५ जना पुरुष र ५ जना महिला रहेका छन् ।

पछिल्लो चरणमा पक्राउ परेका थप ५ जनालाई सोमबार सार्वजनिक गरिएको छ । चोरीमा संलग्नहरुको पहिचान, पक्राउ तथा आवश्यक कानुनी कारबाहीका लागि विशेष निगरानी, गोप्य सूचना संकलन र प्राविधिक अनुसन्धानमार्फत अभियान जारी रहेको एसपी पुरीले बताउनुभयो ।

प्रहरीले सर्वसाधारणलाई सतर्क रहन, शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी हेल्पलाइनमा जानकारी गराउन आग्रह गरेको छ । साथै चोरीजन्य घटना न्यूनीकरणका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने पनि जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom