Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालको सानदार जित


असार ९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई सहज ९ विकेटले पराजित गरेको छ ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमै १ विकेटको क्षतिमा पुरा गऱ्यो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रनको योगदान दिए भने शिवान्स बजगाईँले अविजित रहँदै ३८ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनाउन सक्यो । जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए भने गबी हाराहिन्जले १३ रन जोडे । बाँकी ब्याटरहरू दोहोरो अङ्कमा पुग्न असफल रहे ।

नेपालका लागि बलिङमा शुभम खनाल चम्किए । उनले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । अभय यादवले २ विकेट लिए भने सुशील रावल र विपिनप्रसाद शर्माले १–१ विकेट हात पारे ।

नेपालले प्रतियोगितामा बलिङ र ब्याटिङ दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित दर्ता गरेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom