काठमाडौं जिल्ला अदालतबाट फरार घोषित बुढानिलकण्ठ नगरपालिका–१० भंगाल बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठलाई ललितपुरको ठेचोबाट पक्राउ गरिएको हो। उनीमाथि १६ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा चलिरहेको छ।
त्यस्तै, भारत कोलकत्ता प्रदेश रोड नं. २ निवासी तथा हाल काठमाडौं बुढानिलकण्ठ–कपन बस्दै आएका ३८ वर्षीय मोहमद अलिलाई ११ लाख रुपैयाँ बिगो बराबरको ठगी कसुर मुद्दामा पक्राउ गरिएको छ।
यसैगरी, सर्लाहीको ईश्वरपुर नगरपालिका–९ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–९ बत्तीसपुतली बस्ने ६५ वर्षीय अर्जुन थापालाई १२ लाख ५० हजार रुपैयाँ बिगो बराबरको बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा पक्राउ गरिएको छ।
पक्राउ परेका सबै प्रतिवादीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।