Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

 


काँक्रेविहार (सुर्खेत), असार १। जाजरकोटको नलगाड नगरपालिका–७ चामेखेतमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ गत्ता सैनाका ६५ वर्षीय कैलो विक रहेका छन्। उनलाई बारेकोट गाउँपालिका–८ का नारायण सिंहले चलाएको कर्णाली प्रदेश ०२००१प ६५५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका विकलाई उपचारका लागि रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक यमराज रोकायले जानकारी दिनुभयो।

ठक्कर दिने मोटरसाइकल चालक नारायण सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom