इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा सीमित मिसाइल आक्रमण गरेपछि इजरायलले तेहरान, इस्फहानसहितका क्षेत्रमा प्रतिआक्रमण गरेको थियो । यस अन्तिम कारबाहीमा इरानका विभिन्न सैन्य संरचना र सरकारी स्थलहरू नष्ट भएको र इजरायलले ‘‘आकाशमा नियन्त्रण’’ कायम गरेको दाबी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गर्नुभएको छ ।
तर पछिल्लो क्षणमा अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावमा सहमत हुँदै दुवै मुलुक युद्धविराममा सहमत भए । युद्धविराम मङ्गलबार बिहान ७ः३० बजेबाट लागू गरिएको इरानी राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । इजरायलले भने उल्लंघन भए तत्काल कडा जवाफ दिने चेतावनी दिएको छ ।
यो युद्धका क्रममा इजरायलमा इरानी आक्रमणका कारण ४ जनाको मृत्यु र ८ जना घाइते भएका छन् भने इरानमा पनि इजरायली बमबारीका कारण ठूलो क्षति पुगेको छ ।