इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डीएसपी राजन लामाका अनुसार नेपाल बैंक अगाडिको सडकखण्डमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको सूचना पाएपछि प्रहरीले भारतीलाई नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिएपछि साथबाट एक हजार दरका नक्कली नोटहरू गरी एक लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउपछि थप अनुसन्धानका लागि उनको डेरामा गरिएको खानतलासीमा ५ लाख ३० हजार ६८० रुपैयाँ बराबरका विभिन्न दरका नक्कली नोटहरू, छपाइमा प्रयोग हुने मेसिन, रंग, कागज लगायतका सामग्री फेला परेका छन्। प्रहरीले एक हजार, पाँच सय, एक सय, पचास र बीस रुपैयाँ दरका नोटहरू छपाइ गरिरहेको पत्ता लगाएको हो।
प्रहरीले जिल्ला अदालत झापाबाट म्याद लिएर घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ। यस घटनाले स्थानीय क्षेत्रमा नक्कली मुद्रा कारोबारबारे गम्भीर चासो बढाएको छ।