Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको ज्यान गयो, दिदीभाइ बेपत्ता - Brighter Network


रुकुमपश्चिम, जेठ २३ — रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड–८ को सिमाना रहेको मन्मैस्थित ठुली भेरी नदीमा शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बालबालिका बेपत्ता भएका छन्।


जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार, जाजरकोटको नलगाड नगरपालिका–८ निवासी टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपालीको मृत्यु भएको हो। उद्धारपछि तुरुन्तै आठबिसकोट नगर अस्पताल पुर्याइएकी भगवतीलाई चिकित्सकले मृत घोषणा गरेका थिए।


उक्त घटनामा भगवतीसँगै पौडी खेल्न गएका नलगाड नगरपालिका–८ निवासी सुरेन्द्र कुसारीकी १२ वर्षीया छोरी आशा कुसारी र १० वर्षीय छोरा महेश कुसारी अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ।


हाल नेपाली सेना, नेपाल प्रहरी, स्थानीयवासी र पीडितका आफन्तहरू वेपत्ताहरूको खोजीमा संलग्न रहेका छन्। घटनाले स्थानीय क्षेत्रमा शोक र चिन्ताको वातावरण सिर्जना गरेको छ। प्रहरीका अनुसार खोजी कार्य जारी रहेको र थप विवरणहरू आउन बाँकी छन्।

Top Post Ad

post bottom ads

Ads Bottom