Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बुढियाचापमा शंकास्पद मृत्यु प्रकरण, मृतककी पत्नीसहित दुई जना पक्राउ



सिरहा, असार १४ — अर्नमा गाउँपालिका–१ बुढियाचापमा एक पुरुषको शंकास्पद मृत्युपछि प्रहरीले मृतककी पत्नीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मृतक ३५ वर्षीय अजय महरा शनिबार बिहान घर नजिकैको आँपको रुखमुनि मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, घटनामा शंका लाग्दा मृतककी श्रीमती र अर्का एक युवकलाई नियन्त्रणमा लिइएको हो। “शवको प्रकृति हेर्दा घटना सामान्य देखिँदैन,” उनले बताए, “घटनाबारे यकिन तथ्य शव परीक्षणको रिपोर्टपछि मात्र खुल्नेछ।”

शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार पारिसकेको र अनुसन्धान जारी रहेको जनाएको छ।

महराको शव छिमेकीको खेतनजिक सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा फेला परेको थियो, जसले घटनामा जबरजस्तीपनाको आशंका बढाएको छ।

स्थानीयवासी र परिवारजन घटनाको निष्पक्ष छानबिनको माग गरिरहेका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom