जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना चिसापानीमा भएको हो। रानी जमरा कुलरिया सिँचाइ आयोजना र जलविद्युत् गृहको उद्घाटन कार्यक्रममा जाँदै गर्दा बा.२ झ. १४१९ नम्बरको गाडी (मन्त्री पाल सवार) र से.१ झ. ३३० नम्बरको गाडी (मन्त्री सार्की सवार) आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मानवीय क्षति नभए पनि दुवै गाडीमा क्षति पुगेको छ। बा.२ झ. १४१९ नम्बरको गाडीको पछाडिको भाग र से.१ झ. ३३० नम्बरको गाडीको अगाडिको भागमा क्षति भएको प्रहरीले जनाएको छ।
दुवै मन्त्री प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा जाँदै थिए।