लगातारको वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ७२ वर्षीय गोठे घर्ती मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो।
मृतक घर्ती मगर घटना हुँदाका बेला भान्सा घरभित्र बसिरहेको बताइएको छ। पहिरोले घर पूर्ण रूपमा पुरिँदा उहाँको मृत्यु भएको हो।
उहाँको परिवारका अन्य सदस्यहरू भने घटना समय अर्को गोठमा रहेका कारण सकुशल रहेको प्रहरीले जनाएको छ।
घर्ती मगरको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।