Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मुग्लिङ–नारायणगढ सडक खण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते


चितवन, साउन ४ – चितवनको मुग्लिङ–नारायणगढ सडक खण्डस्थित तुइन क्षेत्रमा आइतबार दिउँसो पहराबाट कारमाथि ढुंगा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका छन्।

भारतको उत्तर प्रदेश राज्यको नम्बर प्लेट युपी ८० जीपी २९२८ रहेको सेतो रंगको कारमा अचानक पहराबाट खसेको ठूलो ढुंगा बजारिँदा कारको सनरुफ र छानो फुटेर सिटमा बसेका यात्रुहरू गम्भीर घाइते भएका हुन्।

घटनाका बेला उक्त कारमा पाँच जना सवार रहेको खुलेको छ। ढुंगो सिधै सनरुफ हुँदै यात्रुमाथि खसेपछि पछाडि सिटमा बसेका तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ भने कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। पहिरोको सम्भावनाका कारण सो सडक खण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom