Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गयो


असार २१ गते । बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । 


पाल्हीनन्दन गाउँपालिका–१, झरही खोलामा भएको दुर्घटनामा प्रतापपुर गाउँपालिका–४, पाचपेडा बस्ने वर्ष २१ का भोला राजभर र रामग्राम नगरपालिका–१५, डिगौल बस्ने वर्ष १८ को राहुल राजभरको मृत्यु भएको हो । महेशपुर–भुजहवा भित्री सडक खण्डको मोडमा ओभरटेक गर्ने क्रममा लु. ४७ प. ४८७९ नम्बरको मोटरसाइकललाई लु. २ ख. ६५४ नम्बरको बसले ठक्कर दिएको हो ।


बससहित बसका चालक रामग्राम इमिलिटोल बस्ने वर्ष ३१ का सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागी पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom