Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बेलिब्रिजबाट खस्दा १२ वर्षीय बालकको ज्यान गयो



बाजुरा, असार २१ — बाजुराको बुढीनन्दा नगरपालिका–१, पारतोला निवासी १२ वर्षीय विशाल भण्डारीको बेलिब्रिजबाट खस्दा मृत्यु भएको छ।
स्थानीय गणेश भण्डारीका छोरा विशाल बड्डीगाड खोलामाथि रहेको बेलिब्रिजबाट खस्दा गम्भीर घाइते भएका थिए।

जगन्नाथ गाउँपालिका–१, पिलुचौर र भारती कसैडीको सिमानामा रहेको बेलिब्रिजबाट अचानक खसेपछि स्थानीयको सहयोगमा तत्काल उद्धार गरी कोल्टी अस्पताल पुर्‍याइएको थियो। तर उपचारको क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन्।

स्थानीयवासीहरूले बेलिब्रिजको रेलिङ कमजोर वा अभाव रहेको कारणले यस्तो दुर्घटना भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।
घटनापछि प्रहरी र स्थानीय प्रशासनले थप अनुसन्धान सुरु गरेको जानकारी प्राप्त भएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom