ठेक्का विवादको पृष्ठभूमि
विवादको केन्द्रमा रहेको चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन अन्तर्गतको सव–स्टेशन निर्माणको ठेक्का चीनको पिंगाओ ग्रुप अफ कम्पनीजले २०७४ कात्तिकमा १ अर्ब ११ करोड रुपैयाँमा प्राप्त गरेको थियो। त्यसमा सहन इन्जिनियरिङले सव–कन्ट्रयाक्ट पाएको थियो।
आरोपअनुसार, तत्कालीन प्राधिकरण प्रमुख कुलमान घिसिङले सहन इन्जिनियरिङमार्फत डम्बर तामाङको कम्पनी ‘प्रो–सोलुसन्स’ लाई लेबर कन्ट्रयाक्ट दिलाउन दबाब दिएका थिए।
स्रोतका अनुसार, सहन कन्स्ट्रक्सनले करीब ६६ करोड रुपैयाँको काम गरिसकेको भए पनि ३८ करोड रुपैयाँमात्रै भुक्तानी पाएको छ। बाँकी रकम भने पिंगाओ कम्पनीले प्रो–सोलुसन्सलाई सोझै तिरेको बताइएको छ, जसले गर्दा सहन कन्स्ट्रक्सनलाई भुक्तानीमा समस्या परेको हो।
पक्राउ आदेश पाउनेहरू
पक्राउ पुर्जी जारी गरिएका व्यक्तिहरूमा डम्बर तामाङसँगै प्रो–सोलुसन्सका संस्थापक सन्तोष पौडेल, संचिता श्रेष्ठ, राजेन्द्र अवस्थी, सरोज शाही र दिनेशकुमार यादव छन्।
उनीहरूले ललितपुर उच्च अदालतमा निषेधाज्ञा माग्दै निवेदन दिएका थिए, तर अदालतले असार ९ गते निवेदन खारेज गरेको छ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।