पोखरा, असार १९ — पोखरा महानगरपालिका अन्तर्गत मालेपाटन क्षेत्रबाट एक किशोरी बिहीबार बिहानदेखि सम्पर्कविहीन बनेकी छन्।
सुप्रिया मालेपाटन क्षेत्रबाट अचानक बेपत्ता भएपछि परिवारले नजिकैका प्रहरी कार्यालयमा जानकारी गराएको छ। साथै, कसैले देखेमा वा जानकारी भएमा तुरुन्तै प्रहरी वा परिवारलाई सम्पर्क गर्न अपिल गरिएको छ।
सुप्रिया हालसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको परिवारजनले जनाएका छन्। किशोरी बेपत्ता भएपछि परिवार निकै चिन्तित अवस्थामा रहेको छ।
स्थानीय प्रहरीले समेत खोजीमा सहयोग गरिरहेको जनाएको छ।