पोखरा, असार १९ — पोखरा महानगरपालिका अन्तर्गत मालेपाटन क्षेत्रबाट एक किशोरी बिहीबार बिहानदेखि सम्पर्कविहीन बनेकी छन्।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–१४, लामागे घर भएकी सुप्रिया सुनाम आज बिहान १० देखि ११ बजेको बीचमा हराएकी हुन्।
सुप्रिया मालेपाटन क्षेत्रबाट अचानक बेपत्ता भएपछि परिवारले नजिकैका प्रहरी कार्यालयमा जानकारी गराएको छ। साथै, कसैले देखेमा वा जानकारी भएमा तुरुन्तै प्रहरी वा परिवारलाई सम्पर्क गर्न अपिल गरिएको छ।
सम्पर्क नम्बरहरू:
– बुबा: ९८४६०५२८३९
– आमा: ९८४६०७२८२८
सुप्रिया हालसम्म फेला नपरेको र खोजी कार्य जारी रहेको परिवारजनले जनाएका छन्। किशोरी बेपत्ता भएपछि परिवार निकै चिन्तित अवस्थामा रहेको छ।
फोटो सहितको हराएको सूचना सामाजिक सञ्जालमार्फत पनि सार्वजनिक गरिएको छ, जसमा नागरिकहरूलाई शेयर गर्न र जानकारी भए तुरुन्त खबर गर्न अनुरोध गरिएको छ।
स्थानीय प्रहरीले समेत खोजीमा सहयोग गरिरहेको जनाएको छ।





