Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दुई करोड ७० लाख ठगी गर्ने केदार अर्याल पक्राउ, पाँच मुद्दामा सजाय

साउन १, काठमाडौँ — दुई करोड ७० लाख ८६ हजार रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोगमा फरार रहेका केदार अर्याललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ जिल्ला अदालतको ११ महिना कैद र सोही रकम बराबरको बिगो तथा जरिवाना असुल गर्ने आदेशपछि पक्राउ परेका अर्याल काठमाडौँ महानगरपालिका–३ स्थायी घर भई हाल तारकेश्वर नगरपालिका–५, गोल्डढुङ्गामा बस्दै आएका थिए।

प्रहरीका अनुसार उनले रमेशकुमार कार्कीको जाहेरीका आधारमा ठगीसम्बन्धी मुद्दामा एक करोड २५ लाख रुपैयाँ बिगो पुर्‍याएका थिए। अर्याललाई काठमाडौँको कागेश्वरी मनोहरा–६ बाट पक्राउ गरिएको हो। हाल थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार प्रतिवादी केदार अर्यालविरुद्ध पाँचवटा छुट्टाछुट्टै मुद्दामा अदालतबाट ११ महिना ८ दिन कैद र कुल १ करोड ४५ लाख ८६ हजार ९५० रुपैयाँ बिगो असुल गर्ने फैसला भएको अभिलेख देखिएको छ।

अर्यालविरुद्ध विभिन्न समयका ठगीसम्बन्धी मुद्दाहरू दर्ता भएका थिए। उनले लगानीका नाममा नागरिकहरूलाई ठूलो रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीका अनुसार उनी लामो समयदेखि फरार थिए।

Top Post Ad

post bottom ads

Ads Bottom