विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका गणेश नाथले जानकारी दिनुभयो ।
प्रहरीले राजुको घरमा खानतलासी गर्दा एक नाल भरुवा बन्दुक, चित्तलको सिंह र खुट्टाको आधा भाग फेला पारेको थियो । यसैगरी, चन्द्रबहादुरको घरमा पनि खानतलासी गर्दा एक नाल भरुवा बन्दुक फेला पारेको जनाइएको छ ।
दुई नाल बन्दुकसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर आवश्यक अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।