Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टायरमा राखिएको ‘ओट’ हटाउने क्रममा गाडी ब्याक भएर आफ्नै गाडीले किच्दा २१ वर्षीय युवकको ज्यान गयो


दाङ, साउन ४ – दाङको लमही नगरपालिका–५ सुनखोलीमा एक युवकको आफ्नै गाडीको चपेटामा परी ज्यान गएको छ।

२१ वर्षीय राजेश कुमार बानियाको आज बिहान घरअगाडि राखिएको गाडीले किच्दा घटनास्थलमै गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

प्रहरीका अनुसार बानियाको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडी घरअगाडि पार्क गरिएको थियो। बिहान करिब ६ बजे गाडीको टायरमा राखिएको ‘ओट’ हटाउने क्रममा गाडी ब्याक हुँदै आफैं गुड्न थालेको र बानिया पछाडि रहँदा गाडीको चपेटामा परेका थिए।

गम्भीर घाइते भएका बानियालाई तत्कालै लमही अस्पताल लगिएको थियो। तर, चिकित्सकले उपचारको क्रममा उनलाई मृत घोषणा गरेका थिए।

मृतकको शव हाल लमही अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom