Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता


दार्चुला, असार ३१ गते – दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा ब्याँस गाउँपालिका–२, तल्लो दुम्लिङ्ग निवासी २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो।

प्रहरीका अनुसार, सोमबार मध्यान्ह १२ बजेतिर दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत वारपार गरिरहेका बेला डोरी अचानक चुडिएपछि बुढाथोकी महाकाली नदीमा खसेका हुन्। उक्त समयमा उहाँसँगै तुइन तर्दै गरेका अन्य दुई जना स्थानीय भने सकुशल रहेका छन्।

नेपालतर्फ दुम्लिङ्ग र भारततर्फ गर्भाधार क्षेत्र जोड्ने तुइन अवैध रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ। यसबाट पटक–पटक जोखिम निम्तिन थालेको सुरक्षा निकायले जनाएको छ।

बेपत्ता बुढाथोकीको खोजीका लागि मातहतका प्रहरी युनिटहरू परिचालन गरिएको प्रहरी निरीक्षक रावतले बताउनुभयो। घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट उत्तरतर्फ पर्छ।

Top Post Ad

post bottom ads

Ads Bottom