Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कारागारमा कैदीबीच कुटाकुट हुँदा एक कैदीको ज्यान गयो, ४७ जना कैदी घाइते


साउन २४ गते, कैलाली । कैलालीको धनगढीस्थित कारागारमा कैदीबीच कुटाकुट हुँदा एक कैदीको मृत्यु भएको छ। मृतक धनगढीका भरत चौधरी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो।


घटनामा ४७ जना कैदी घाइते भएका छन्। घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


कैलाली कारागारमा बिहीबार पनि कैदीबीच झगडा भएको थियो, जसमा केही कैदी घाइते भएका थिए। शुक्रबार पुनः झगडा सुरु भएपछि प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित प्रहरी अधिकारीहरू पुगेर विवाद समाधानको प्रयास गरे पनि झगडा झन् उग्र बनेको जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom