Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चिकेन मममा धातुको औँठी भेटिएपछि, २ लाख जरिवाना

काठमाडौँ, साउन २८ – सुन्धारास्थित धरहरा टपरी मममा ममभित्र धातुको औँठी भेटिएपछि काठमाडौँ महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन भएको प्रमाण भेटिएपछि महानगरले यो कारबाही गरेको हो।

महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवम् निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार धरहरा टपरी ममले पटक–पटक महानगरको निर्देशन उल्लङ्घन गर्दै स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ।

व्यवसाय सञ्चालकलाई जरिवाना रकम सात दिनभित्र बैंकमार्फत बुझाई यसको प्रमाणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। साथै, आगामी दिनमा उत्पादन र बिक्री–वितरणमा आवश्यक स्वच्छता र मापदण्ड पूरा गर्ने व्यवस्था मिलाउन व्यवसायीलाई चेतावनी दिइएको महानगरले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom