प्रहरीका अनुसार दिउँसो २:५० बजे मृतकको दाहसंस्कार भइरहेको बेला हड्डी निकालेर बट्टामा राख्ने कार्यमा संलग्न रहेको विषयमा वादविवाद तथा अभद्र व्यवहार भएको जानकारी पाएपछि प्रहरी टोली खटिएको थियो। सो क्रममा घटनामा संलग्न रहेका काभ्रे मण्डनदेउपुर–५ स्थायी घर भई गौरीघाट बस्ने ६१ वर्षीय गणेश प्रसाद ढकाल (जिवनाथ ढकाल) र उदयपुर कटारी–८ स्थायी घर भई गोठाटार बस्ने २४ वर्षीय बिनायक मैनालीलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।