Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा घरबाट फुपूकोमा हिँडेका १० वर्षीय बालक बेपत्ता, खोजी कार्यको लागि परिवारको अपिल

स्याङ्जा, साउन १७ – स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रे निवासी १० वर्षीय युनिस विश्वकर्मा तीन दिनदेखि बेपत्ता भएका छन्। परिवारका अनुसार युनिस सोमबार दिउँसो फुपुको घर जान्छु भन्दै घरबाट हिँडेका थिए। घरबाट करिब ५०० मिटर टाढा रहेको फुपुको घरमा पुगे पनि अहिलेसम्म फर्किएका छैनन् र आफन्त तथा इष्टमित्रसँग पनि सम्पर्क हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बालकको खोजी जारी राखेको जनाएको छ। प्रहरीका अनुसार बेपत्ता बालक युनिस विश्वकर्माको उमेर करिब १० वर्ष छ, उचाइ करिब ४ फिट, वर्ण कालो र कपाल छोटो रहेको छ। उनी हराउने समयमा निलो रंगको कट्टु, रोनाल्डो लेखिएको टिसर्ट र चप्पल लगाएका थिए।

प्रहरीले बालकलाई देख्ने वा भेट्ने व्यक्तिहरूलाई नजिकको प्रहरी कार्यालय वा सम्बन्धित सम्पर्क नम्बरमा जानकारी गराउन आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom