साउन १७ – मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा एक पुरुषले आफ्नी श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तीले शनिबार बिहान ६ बजे ४० वर्षीया पत्नी दुर्गालक्ष्मी शिवभक्तीको हत्या गरेका हुन्। हत्या गरेपछि मानबहादुर बिहान ८:३० बजे प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार प्रारम्भिक बयानमा उनले पत्नी प्यारालाइसिसको बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थाका कारण तनावमा आएर हत्या गरेको बताएका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।