Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वडा अध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


साउन १९,

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का अध्यक्ष जनार्दन यादवसहित दुई जनाविरुद्ध तीन लाख रुपियाँ भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सिसु सेमरा दक्षिण धोबहिया छठघाट निर्माण, पूर्निकोट गाउँभित्र सडक पीसीसी ढलान र सुरहवाँ गाउँभित्र सडक पीसीसी ढलानका योजनामा सिफारिस दिने कार्यमा सेवाग्राहीसँग तीन लाख घुस मागिएको र लिन लगाएको प्रमाण भेटिएको छ।

घुस रकम गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिनकुमार पाण्डेयमार्फत लिइएको र उनी मतियारको रूपमा संलग्न भएको पनि आयोगले जनाएको छ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २२ बमोजिम बिगो रकम तीन लाख कायम गर्दै सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom