Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालकको ज्यान गयो

साउन ३० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका –१, चौलिखामा बिहीबार मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । 


पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक ईश्वरपुर नगरपालिका –७, पोखरी टोलका २४ वर्षीय अमनदीप रामको मृत्यु भएको हो । 


बिहीबार दिउँसो दुर्घटनामा गम्भीर घाइते हुनुभएका रामको उपचारको क्रममा साँझ एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर नालामा गएर खसेको प्रहरीले बताएको छ । 


मृतकको शव पोष्टमार्टमका लागि बारामै राखिएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय भक्तिपुरको नियन्त्रणमा रहेको सर्लाही प्रहरीको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom