Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतको चेतावनीपछि पाकिस्तानमा ठूलो उद्धार अभियान, पञ्जाबमा १३ लाख विस्थापित


भदौ १९ गते । भारतले जारी गरेको पछिल्लो बाढी चेतावनीपछि पाकिस्तानको पञ्जाब प्रान्तका प्रभावित क्षेत्रहरूबाट विगत ४८ घण्टामा करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन् । यससँगै, गत महिनादेखि विस्थापित हुनेको संख्या १३ लाख पुगेको छ ।

भारततर्फ नरोवाल र सियालकोट क्षेत्रमा आएको बाढीले पञ्जाबको मुजफ्फरगढका गाउँहरू डुबानमा परेका छन् । प्रमुख सहरलाई जोगाउन अधिकारीहरूले नदीको अतिरिक्त पानी खेततर्फ मोड्ने प्रयास गरिरहेका छन् । यसलाई पञ्जाबकै इतिहासमा सबैभन्दा ठूलो उद्धार तथा राहत अभियान भनिएको छ ।

हजारौँ उद्धारकर्ताले डुङ्गा प्रयोग गरेर मानिस र गाइवस्तुलाई सुरक्षित स्थानमा लैजाँदैछन् । सेनासमेत परिचालित गरिएको प्रान्तीय विपद व्यवस्थापन प्राधिकरणका महानिर्देशक अरफान अली काठियाका अनुसार भारतले बुधबार बिहान नै नयाँ बाढी चेतावनी कूटनीतिक माध्यममार्फत पठाएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom