Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपालमा मेटाले दर्ता प्रक्रियाको पहल नगरेको सूचना मन्त्रालयको स्पष्टिकरण


भदौ १९ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल ‘फेसबुक’ सञ्चालन गर्ने कम्पनी मेटाले अहिलेसम्म नेपालमा दर्ता प्रक्रियाका लागि कुनै औपचारिक पहल नगरेको स्पष्ट पारेको छ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार हालसम्म मेटा कम्पनीले दर्ता प्रक्रियासम्बन्धी औपचारिक सम्पर्क गरेको छैन। उहाँले भन्नुभयो, “यदि सरकारी इमेल वा अन्य माध्यममार्फत् आवश्यक अनुरोध आएको भए त्यहीअनुसार प्रक्रिया अघि बढ्थ्यो। आवश्यक कागजातसम्बन्धी सम्पूर्ण विवरण पहिले नै मन्त्रालयको वेबसाइटमा प्रकाशित छ।”

प्रवक्ता ठाकुरले मेटासहित नेपालमा अहिलेसम्म कुनै पनि अन्य सामाजिक सञ्जाल कम्पनी दर्ता प्रक्रियामा औपचारिकरूपमा अघि नआएको स्पष्ट पार्नुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom