सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ ।
मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते नेपालभरका सरकारी कार्यालय, विदेशस्थित दूतावास तथा नियोगहरू बन्द रहनेछन् ।
गृह मन्त्रालयका अनुसार आज राष्ट्रिय शोक मनाइने र सबै सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।




