आश्विन ३,
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले देशभर साधारणतया बदली मौसम छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
त्यस्तै, आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षा सम्भावित भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।