नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन्। जेनजी आन्दोलनको क्रममा सुरक्षा कारण सेनाले उनलाई नियन्त्रणमा लिएर ब्यारेकमा राखेको थियो।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली भदौ २४ गतेदेखि सैनिक ब्यारेकमा बस्दै आएका थिए।
हाल उनी भक्तपुरको गुण्डुमा भाडाको घरमा बसाइँ सरेका छन्। बालकोटस्थित ओलीको घर प्रदर्शनकारीहरूले जलाइदिएका कारण वैकल्पिक रुपमा गुण्डुमा बस्नुपर्ने अवस्था आएको हो।