Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाए

 

कात्तिक १ गते । वाणिज्य बैङ्कले कात्तिकका लागि पनि ब्याजदर घटाएका छन् । निरन्तर घटने क्रममा वाणिज्य बैङ्कको ब्याजदर एकल अङ्कमा रहेको छ ।


कात्तिकका लागि अधिकांश बैङ्कले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । बैङ्कले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटाएर औसत ५.२० प्रतिशतमा झरेका छन् । असोजमा यस्तो औसत ब्याजदर व्यक्तिगततर्फ ५.४६ प्रतिशत थियो ।


कात्तिकमा मुद्दती निक्षेपमा संस्थागततर्फ औसत ०.१९ प्रतिशत घटेर ३.६८ प्रतिशतमा झरेको छ जुन असोजमा संस्थागततर्फ औसत ३.८७ प्रतिशत थियो । कात्तिकका लागि १४ वटा बैङ्कले ब्याजदर घटाएका छन् भने बाँकी छ बैङ्कको ब्याजदर स्थिर छ । कात्तिक महिनाका लागि ब्याजदर घटाउने बैङ्कमा कृषि विकास बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबिआई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, प्राइम बैङ्क, सिटिजन्स बैङ्क, प्रभु बैङ्क, माछापुच्छ«े बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, नविल बैङ्क, सानिमा बैङ्क र एनआइसी एसिया बैङ्क रहेका छन् ।


यता नेपाल बैङ्क, कुमारी बैङ्क, ग्लोबल आइएमई बैङ्क, हिमालयन बैङ्क, सिद्धार्थ बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने कात्तिक महिनाकै ब्याजदरलाई निरतरता दिएका छन् ।


पछिल्लो समय कर्जाको माग सुस्त हुँदा र निजी क्षेत्रले पनि लगानी विस्तार गर्न नसक्दा बैङ्कहरूले निक्षेपको ब्याजदर घटाइरहेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom