Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बिल-बिजक बिनाको सुनचाँदी कारोबार गर्ने पसलमा प्रहरीको छापा, घेराबन्दीमा परेपछि हवाइ फायर


जनकपुरको सोनारपट्टीमा बिल-बिजक बिनाको सुनचाँदी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीको टोलीले शुक्रबार साँझ एक पसलमा छापा मारेको छ। छापा मार्ने क्रममा पसल सञ्चालकहरूले अवरोध गरेपछि स्थिति तनावग्रस्त बन्दै गएपछि नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।


व्यापारीहरूले प्रहरीमाथि घेरा हालेर अवरोध गरेपछि सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि हवाई फायर गरेको हो । यद्यपि, कति राउन्ड गोली चलाइएको हो भन्ने विषयमा विस्तृत विवरण अझै सार्वजनिक गरिएको छैन।


घटनापछि प्रहरीले केही पसलबाट चाँदी बरामद गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom