Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सँगै नुहाउन गएकी साथी डुबेपछि उद्धार गर्न गएका दुई जनासहित तीनै जनाको डुबेर ज्यान गयो


कात्तिक ७ गते ।
कैलालीमा तीन बालिकाको पानीमा डुबेर मृत्यु भएको छ। रानी जमरा सिँचाइ प्रणाली अन्तर्गतको कुलरिया नदीमा पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार, मृत्यु हुनेमा जानकी गाउँपालिका–५ नवलपुरकी १२ वर्षीया सुलोचना उपाध्याय, १० वर्षीया निषा बजगाई र ८ वर्षीया मानसी बजगाई रहेका छन्।

शुक्रबार मध्यान्ह एक बालिका डुबेपछि दुई जनाले उद्धार गर्न खोज्दा तीनै जना नदीमा डुबेका थिए।
स्थानीयले तत्काल उद्धार गरी टीकापुर अस्पताल पु¥याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतक निषा र मानसी बजगाई दिदीबहिनी हुन्। उनीहरू तिहारको अवसरमा मामाको घर टीकापुर नगरपालिका–१, ब्लक नम्बर १० मा गएका थिए।
सुलोचना बजगाई दिदीबहिनीकी मामाकी छोरी थिइन्।
बजगाई दिदीबहिनी जनजागृति माध्यमिक विद्यालय टीकापुरमा कक्षा ५ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom