कात्तिक ७ गते ।
सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ भिरकुनामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
महाकुलुङ गाउँपालिकाका लागि छुटेको प्रदेश नम्बर १–०३१ च ५९२५ नम्बरको बोलेरो जिप बिहीबार साँझ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
दुर्घटनामा छ जना घाइते र दुई जना सकुशल रहेका छन्।
प्रहरीका अनुसार जिप ब्रेक फेल भएर करिब ६ सय मिटर तल खसेको हो।
जिपमा सवार सबैजना सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका बासिन्दा हुन्।
मृत्यु हुनेमा —
- १६ वर्षीया हवी राई,
- २० वर्षीया शान्ति राई,
- १७ वर्षीया निर्जला राई —
- तीनै जना महाकुलुङ गाउँपालिका–३, छेस्कामका रहेका छन्।
घाइते हुनेमा —
-
३२ वर्षीय श्रीध्वज राई (महाकुलुङ–३)
-
१६ वर्षीय गङ्गा राई (महाकुलुङ–४)
-
१८ वर्षीय बस्तीकला राई
-
१६ वर्षीय समया राई
-
सजना राई
-
१० वर्षीय उमेश राई — रहेका छन्।
प्रहरीका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि पठाइएको छ भने मृतकहरूको शव महाकुलुङ अस्पतालमा राखिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।




