Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भिमादका मेडिकल व्यवसायी विष्णु प्रसाद भण्डारी बेपत्ता, खोजी कार्य जारी

 


तनहुँ । तनहुँ जिल्लाको भिमाद नगरपालिका–८, अरौदी निवासी तथा स्थानीय स्तरमा मेडिकल व्यवसाय गर्दै आएका विष्णु प्रसाद भण्डारी गएको असोज ३० गते बेलुका करिब ५:०० बजे देखि बेपत्ता भएका छन्।

परिवारका अनुसार भण्डारी सो दिन साँझ आफैंको निवासबाट बाहिर निस्किएको तर त्यसपछि कुनै संपर्क हुन सकेको छैन। परिवारजन र स्थानीयवासीले विभिन्न ठाउँमा खोजी गरे पनि अहिलेसम्म उनको अवस्था पत्ता लागेको छैन।

बेपत्ता भण्डारीको खोजी कार्यमा स्थानीय प्रहरी समेत संलग्न रहेको र आसपासका क्षेत्रमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यदि विष्णु प्रसाद भण्डारीलाई कतै देख्नुभए वा भेट्नुभएको खण्डमा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराईदिन प्रहरी र परिवारजनले सबैलाई हार्दिक अनुरोध गरेका छन्।


Top Post Ad

post bottom ads

Ads Bottom