Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरायसी विवादका क्रममा बाबुको गोली प्रहारबाट छोराको ज्यान गयो


कात्तिक १० गते । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–८ भदौरमा घरायसी विवादका क्रममा बाबुले गोली हानी आफ्नै छोराको हत्या गरेका छन्।

५२ वर्षीय बखतसिंह लिम्बूले मादक पदार्थ सेवन गरेका अवस्थामा आइतबार अपराह्न आफ्ना १७ वर्षीय छोरा सफल लिम्बूलाई भरुवा बन्दुकबाट गोली हानेका हुन्। गोली छाती, कुम र कञ्चटसहित शरीरका विभिन्न भागमा लाग्दा सफलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिनुभयो।

घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले आरोपी बखतसिंहलाई पक्राउ गरी प्रयोग भएको बन्दुक नियन्त्रणमा लिएको छ। सफलको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले घटनाको कारण पारिवारिक विवाद रहेको देखाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom