सुनसरीको रामधुनीमा नुहाउने क्रममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ।
बुधबार बिहान रामधुनी नगरपालिका–४ स्थित स्थानीय खोलामा नुहाउँदै गर्दा मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का ४१ वर्षीय देवेन्द्र भट्टराई डुबेका हुन्।
रामधुनी मन्दिरमा बाला चतुर्दशीको अवसरमा लागेको मेलामा सहभागी भएका भट्टराई नुहाउने क्रममा खोलामा बगेर बेपत्ता भएका थिए। पछि खोजतलास गर्दा उनको मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले जानकारी दिएका छन्।
अधिकारका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।






