Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

घुस रकमसहित पक्राउ परेका विद्यालयका प्रधानाध्यापकसहित दुई जनामाथि मुद्दा


मङ्सिर ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटस्थित जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादसहित दुई जनाविरुद्ध घुस प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

प्रधानाध्यापक प्रसाद र अरविन्द प्रकाश शाहलाई शिक्षकको जागिर मिलाइदिने भन्दै साढे ४ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो। घटनाबारे अनुसन्धान गर्दा दुवैले रकम लिएको तथ्य प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले प्रत्येक अभियुक्तलाई जनही साढे ४ लाख रुपैयाँ बिगो तोकी कानुनअनुसार आवश्यक सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom