Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी : थप १० जना पक्राउ


कात्तिक २८ — मोरङमा जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र प्रहरीको गाडीमा आगजनी गरेको आरोपमा १० जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार ६ जना र शुक्रबार थप ४ जना पक्राउ गरी घटनामा संलग्नहरूको संख्या १० पुगेको जनाएको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार, पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

एसपी कटुवालले बताएका अनुसार, पक्राउ पर्नेहरू विराटनगर र जहदा गाउँपालिकाका स्थानीय रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। तर अनुसन्धान जारी रहेकाले उनीहरूको नाम सार्वजनिक नगर्ने निर्णय भएको प्रहरीले बताएको छ।

“केन्द्रको निर्देशनपछि भदौ २४ गते भएको आन्दोलनको नाममा प्रहरीले प्रयोग गरेको सीआरभी गाडी र मझारे प्रहरी चौकीमा आगजनी गर्नेहरूको पहिचान, खोजी र प्रमाण सङ्कलन भइरहेको छ,” एसपी कटुवालले जानकारी दिए।

उनका अनुसार, जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारी समूहले प्रहरी चौकी र प्रहरी गाडीमा आगजनी गरी क्षति पुर्‍याएको थियो। सोही घटनामा संलग्न भएकाहरूलाई पक्राउ गरी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom