Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गुडिरहेको सवारीमाथि हात्तीको आक्रमण : ट्रक चालकको मृत्यु, यातायात अवरुद्ध


बारा, कात्तिक २४ — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलो क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक ट्रक चालकको मृत्यु भएको छ। मृतक जीतपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगरका ४० वर्षीय राजकुमार चौधरी हुन्।

प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङका अनुसार, वन क्षेत्रबाट निस्किएको हात्तीले ना.४ ख. १८३० नम्बरको ट्रकका चालक चौधरीमाथि आक्रमण गरेको थियो। “चालक ज्यान जोगाउन ट्रकबाट ओर्लिएर भागेका थिए, तर राजमार्गदेखि केही भित्रको जङ्गलमा पुगेर हात्तीले पुनः आक्रमण गरेको हो,” उनले बताए।

घटनापछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, एसपी तामाङ, डिभिजन वन कार्यालयका प्रमुख राजिव झासहितका सुरक्षा अधिकारीहरू घटनास्थल पुगेका छन्।

प्रहरी, सेना र वनकर्मीहरूले हात्तीलाई जङ्गलतर्फ फर्काउने प्रयास गरे पनि नियन्त्रणमा लिन सकेका छैनन्। हात्ती कहिले राजमार्गमा निस्कने र कहिले जङ्गल पस्ने क्रम जारी रहेकाले दिनभर यातायात अवरुद्ध भएको ट्राफिक प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिल सिंहले जानकारी दिए।

डिभिजन वन कार्यालयका प्रमुख राजिव झाले हात्ती नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली आउँदै गरेको बताए।

वन क्षेत्र नजिकै बढ्दो मानवीय गतिविधि र सडक विस्तारका कारण हात्तीहरूको प्राकृतिक बासस्थान सङ्कुचित हुँदै गएको बताइन्छ। आहाराको खोजीमा हात्तीहरू राजमार्ग र बस्ती क्षेत्रमा निस्कने क्रम बढ्दै गएको वन विज्ञहरूको भनाइ छ।

 ब्राइटर नेटवर्क न्यूज डेस्क

Top Post Ad

post bottom ads

Ads Bottom