Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरा नयाँबजारमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जना लागू औषधसहित पक्राउ

पोखरा, कात्तिक २४ गते।
कास्की प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–९ नयाँबजार क्षेत्रबाट शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ का २६ वर्षीय लक्ष्मण नेपाली र म्याग्दी मालिका गाउँपालिका–६ का ३२ वर्षीय ज्ञानबहादुर सार्की रहेका छन्।

प्रहरीले उनीहरूलाई खानतलासी गर्दा झोलाभित्रबाट डाइजापाम २५ एम्पुल, ब्रुफिनोर्फिन २५ एम्पुल, र फेनेरागन २५ एम्पुल गरी जम्मा ७५ एम्पुल लागू औषध, साथै मोबाइल फोन ३ थान र रु. ८,३५५ नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनामाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom