Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुटिएको हतियारसहित एक फरार अभियुक्त पक्राउ


काठमाडौंमाजेन्जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियारसहित एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।


केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ स्थायी घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्दै आएका २२ वर्षीय राजा तामाङ (वाङ्सु लामा) लाई पक्राउ गरेको जनाएको छ।


ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठका अनुसार,  कात्तिक १३ गते साँझ काठमाडौं महानगरपालिका–७, लाहुरे टोलस्थित प्रवीण घिमिरे (भरत विश्वकर्मा) द्वारा सञ्चालित सोलुखुम्बु खाजा घर बाहिर प्लास्टिकको कुर्सीमा राखिएको कालो झोलाभित्र नम्बर नखुलेको ग्यास गनको बट र नाल छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो।


सो झोलाबारे अनुसन्धान गर्ने क्रममा गोप्य सूचनाको आधारमा उक्त झोला राजा तामाङले राखेको पत्ता लागेको प्रहरीले जनाएको छ। त्यसपछि कात्तिक १४ गते साँझ गोकर्णेश्वर–३, माइती नेपाल नजिकैबाट तामाङलाई पक्राउ गरिएको हो।


पक्राउपछि गरिएको प्रारम्भिक सोधपुछमा तामाङले असोज १३ गते साँझ सो ग्यास गनसहितको झोला उक्त स्थानमा आफैंले राखेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom