Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठ बोकेको ट्याक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो, ४ जना घाइते


कात्तिक १५ गते — भोजपुरको षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

प्रदेश नं. १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर काठ बोकेर ल्याउँदै गर्दा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको हो।

ट्याक्टरमा सवार छ जनामध्ये चालक आइतबहादुर तामाङ (षडानन्द–४, केराबारी) र नवीन तामाङ (अरुण गाउँपालिका–४, चरम्बी) को ट्याक्टरले किचेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दीपक श्रेष्ठले जानकारी दिए।

घाइते दाछिरी शेर्पा (१९), अम्बरबहादुर तामाङ (२२), सागर तामाङ (१८)सुनिता तामाङ (१८) लाई उपचारका लागि नगर अस्पताल दिङ्ला लगिएको छ।

मृतकका शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom