Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ, कात्तिक २३ गते।
दाङ देउखुरीको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किँदा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा–४ अजगढवाका शिवकुमार यादवकी १८ महिने छोरी जमुना यादव रहेकी छन्।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बमका अनुसार, राष्ट्रव्यापी रूपमा सञ्चालन भइरहेको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रम अन्तर्गत औषधि खुवाउने क्रममा घटना भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, महिला स्वास्थ्य स्वयंसेविकाद्वारा खुवाइएको औषधि बालिकाको घाँटीमा अड्किएपछि सास रोकिन गई करिब दुई मिनेटमै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना गढवा गाउँपालिका–४ रामनगरमा भएको हो। बालिकाको शवको पोष्टमार्टम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरी परिवारलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।



Top Post Ad

post bottom ads

Ads Bottom